सरकारको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले नयाँबानेश्वरमा मसाल जुलुस आयोजना गरेको छ ।
वर्तमान अन्तरिम सरकारको विरोध गर्दै बिहीबार मसाल जुलुस निकालिएको हो । नेकपा एमालेका नेता कार्यकर्ता माथि योजनाबद्ध रूप सरकारले प्रतिबन्ध लगाएको, पूर्वघोषित कार्यक्रम केन्द्रित नेताहरूलाई सहभागी हुन विभिन्न षडयन्त्र गरेको भन्दै जुलुस निकालिएको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले जानकारी दिए ।
हालको सरकार असंवैधानिक भएको र यो सरकारले विभिन्न संवैधानिक नियकमा हस्तक्षेप गरेर अराजक मच्चाएको उनले बताए ।
संविधानले कल्पना गरेको दलीय व्यवस्था माथि नै प्रहार भएको र यस्ता गतिविधि सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका कार्यक्रमहरू अझ सशक्त रूपमा अघि बढाउने चेतावनी अनेरास्वियुले दिएको छ ।


