लेटाङमा धुलोको समस्या बढेपछि स्थानीयको आन्दोलन,मदन भण्डारी राजमार्ग अवरुद्द
लेटाङ, ५ मंसिर । लेटाङ–४ बिपी चौकपूर्वस्थित मदन भण्डारी राजमार्ग स्थानीयवासीहरूले आज अबरुद्ध गरेका छन्। सडक निर्माणमा अत्यधिक ढिलासुस्ती भएको र पानी नहालेपछि धुलो बढेर स्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीयले आवातजावत रोकेका हुन्।
स्थानिय अगुवा कुमार श्रेष्ठका अनुसार धुलोले बालबालिका, वृद्धवृद्धा, स्थानिय बासी, ब्यापारेर र दैनिक यात्रुहरू अत्यधिक प्रभावित भएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको हो। उनले ठूला सवारी साधनको आवतजावत पूर्ण रूपमा रोकिएको जानकारी दिए।
स्थानीयहरूले तत्काल पानी छर्केर धुलो नियन्त्रण गर्नुपर्ने, नियमित व्यवस्थापन गर्ने र निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने माग गरेका छन्। स्थानीयको आन्दोलनका कारण सो सडक खण्डमा सवारी आवागमन प्रभावित बनेको छ।


