विराटनगरबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ
विराटनगर, मंसिर ०५ गते । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको सुन्दर हरैँचा नगरपालिका-१२ का ३९ बर्षीय राजु बि.क.लाई प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंसिर ५ गते विराटनगर महानगरपालिका-१६ स्थितमा को. ३८ प २३१७ नम्बरको मोटरसाईकलमा भारतबाट आउदै गरेका बि.क.लाई चेकजाँच गर्दा शरीरमा लुकाई छिपाई राखेको १ सय ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।


