झापा जिल्ला कारागारमा उपचारका क्रममा एक कैदीको मृत्यु
झापा । झापा जिल्ला कारागारमा सजाय भोगिरहेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ।
कारागार प्रशासनका अनुसार भारत पश्चिम बंगाल, दार्जिलिङका ६१ वर्षीय कैदी कर्णबहादुर लिम्बुलाई शुक्रबार बिहान अचानक उच्च रक्तचाप (प्रेसर) समस्या देखिएपछि अस्पताल लगिएको थियो।
मिति २०८२ मंसिर ५ गते बिहान ८ः०० बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्कालै प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उपचारका क्रममा ८ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
कर्णबहादुर लिम्बु २०७५ साउन २९ गतेदेखि झापा जिल्ला कारागारमा ज्यान सजायसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।


