बाबा भेट्ने धोको पूरा नहुँदै बाटोमै अस्ताए सुजन
गुल्मी । सुजनको बाबा लामो समय पछि घरमा आउँदै थिए। भारतबाट नेपाल यात्रामा ढिलाइ हुने भएपछि उनले बाग्दुला सम्मका लागि आफ्नै गाउँको डबल क्याप जिप रिजर्भ गरेका थिए। ‘बाबा आउने’ खबरले घरमा खुसी छाएको थियो।
गुल्मी मदाने १ का १२ वर्षीय सुजन खत्री, बाबासँग भेट हुने उत्साह र बाबाले ल्याइदिएका कोसेलीहरु पाउने उमङ्ग लिएर बुबालाई ल्याउन हिँडेका थिए, तर प्यूठानको बाग्दुला पुग्न नपाउँदै उनी कहिल्यै नफर्किने भए ।
मंसिर १ गते प्युठानको ठुलाबेसी ठाटी भन्ने स्थानमा जिप अनियन्त्रित भई करिब ३० मिटर तल खोल्सामा खस्दा सुजन हामी सामु रहेनन् l


