दुबइमा निधन भएका लेटाङका सुजन लिम्बूको शव भोलि नेपाल आइपुग्ने
लेटाङ,६ मंसिर । पाँच साताअघि निधन भएका लेटाङ नगरपालिका–८ जाँते बजारका ३४ वर्षीय सुजन लिम्बू (सिंगक)को शव भोलि नेपाल आइपुग्ने भएको छ।
वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेका लिम्बूको उतै अचानक निधन भएको परिवारले जनाएको छ।
शव व्यवस्थापनका आवश्यक कागजी प्रक्रिया पूरा भएपछि आज उहाँको पार्थिव शरीर नेपालतर्फ प्रेषण गरिएको छ। भोलि बिहान काठमाडौँ बाट गृहगाउँ जाँते बजार ल्याउने तयारी भएको परिवारले बताएको छ।
स्थानीयवासी र आफन्तजनहरू लेटाङ–८ मा अन्तिम श्रद्धाञ्जलीका लागि व्यवस्था मिलाउँदै छन्। लिम्बूको आकस्मिक निधनले गाउँ शोकमग्न बनेको छ।


