सुनसरीबाट प्रतिबन्धित लागू औषध गाँजा सहित दुई जना पक्राउ
सुनसरी, मंसिर ६ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा-४ स्थित भित्री सडक खण्डबाट प्र.१-०२-००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजादै गरेको १० किलोग्राम ५४० ग्राम लागू औषध गाँजा सहित सिटी चालक हरिनगर-४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरि प्रहरी चौकी घुस्किहाटले हरिनगर-७ स्थितबाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारी बरामद गरेको हो ।
लागू औषध सहित पक्राउ परेका दुबैजनाको कानूनी कारबाही भई रहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भई रहेको छ ।


