मोरङमा ४४ हजार ४०३ ले गरे मतदाता नामावलीमा नाम दर्ता

मोरङ । नयाँ मतदाता दर्ताका लागि निर्वाचन आयोगले गरेको दोस्रो चरणको अन्तिम आह्वान शुक्रबार सकिएको छ ।

प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार असोज १० गतेदेखि सुरु भएको दर्ता अभियानको अन्तिम दिन मंसिर ५ गते साँझ ४ बजे सम्म जिल्ला कार्यालयमा कुल १६ हजार ४१३ जना नयाँ मतदाताले नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार दर्ता गराउनेमध्ये महिला ७ हजार ७१६ र पुरुष ८ हजार ६९६ जना रहेका छन् ।अन्य एकजना रहेका छन् । दुवै समूहको सक्रिय सहभागिताबाट यसपटक मतदाता दर्तामा उल्लेख्य उत्साह देखिएको उनले बताए ।

यससँगै अनलाइन प्रणालीमार्फत कात्तिक ३० गतेदेखि मंसिर ५ गते शुक्रबारसम्म २७ हजार ९८९ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन् ।

एक जिल्लाबाट अर्को जिल्लामा नाम सार्नका लागि २ हजार ८६२ जनाले निवेदन दिएका छन् भने ५५१ जनाले नामावली सच्याउन अनुरोध गरेका छन्। तर, दर्ता भएकामध्ये सबै मतदाता चाँहि हैनन् । कारण नामावलीमा दर्ता हुन १६ वर्ष उमेरमा गरेपनि मतदान अधिकार १८ वर्षमा मात्रै रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।