झापामा गोठमा आगलागी हुँदा खसी–बाख्रा मरे, निभाउने क्रममा वृद्धासहित २ जना घाइते

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० चोथाइमा शुक्रबार राति गोठीमा आगलागी हुँदा १० वटा खसी–बाख्रा जलेर मरेका छन् ।

वृद्धासहित २ जना घाइते भएका छन् ।स्थानीय बलबहादुर दाहालको गोठमा राति ११ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगोले जलेर १० वटा खसी–बाख्रा र ५० वटा ब्रोइलर कुखुरा मरेका छन् भने गोठ पूर्णरूपले ध्वस्त भएको छ ।

घटनामा १३ लाख २५ हजार रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो निभाउने क्रममा घरधनीकी श्रीमती ४२ वर्षीया छत्रकुमारी थापा र घरमा बस्दै आएकी ७० वर्षीया भीमादेवी भण्डारी घाइते भएका छन् ।

छत्रकुमारी आगोले पोलेर र भीमादेवी लडेर घाइते भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार सामान्य अवस्थामा दुवै जना शनिश्चरेस्थित शंकर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बिर्तामोड तथा मेचीनगर नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।