मोरङको बूढीगंगामा मुन्नाको चटपटे ठेला : दैनिक ५ हजार आम्दानी
मोरङ । मोरङको बूढीगंगा बजारमा साधारण चटपटे ठेलाबाट सुरु भएको मुन्नाको व्यापार आज स्थानीय पहिचान बनेको छ। दैनिक करिब ५ हजार रुपैयाँसम्मको चटपटे र पानीपुरी बिक्री गर्ने मुन्ना ४० वर्षदेखि यही पेशामा अडिग छन्।
बूढीगंगाको मुख्य चोक नजिकै राखिने उनको चटपटे ठेला बिहानदेखि साँझसम्म ग्राहकले भरिभराउ हुन्छ। स्वाद, सफाइ र मुस्कुराउँदै सेवा गर्ने बानीले मुन्नालाई बजारभर लोकप्रिय बनाएको स्थानीयहरूको भनाइ छ।
दीर्घ मेहनतको कमाइबाट मुन्नाले आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिलाउन सफल भएका छन्। यतिमात्र होइन, जीवनभरको पसिनाले उनले अहिले दुईतले पक्की घर समेत बनाइसकेका छन्।
स्थानीय व्यवसायीहरू भन्छन्— “मुन्नाको ४० वर्षको निरन्तरता नै उनको सफलताको मुख्य आधार हो। बूढीगंगामा चटपटे भन्नासाथ मुन्ना नै सम्झिन्छन् सबै।”
सामान्य ठेलाबाट सुरु भएको यात्रा आज धेरैलाई प्रेरणा बन्न पुगेको छ।


