संखुवासभाको धर्मदेवीका शिक्षकहरूले स्थानीय भत्ता माग गर्दै नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिकाका शिक्षकहरुले स्थानीय भत्ता पाउनुपर्ने माग गर्दै नगरप्रमुख उदयचन्द्र पौडेललाई शुक्रवार माग पत्र बुझाएका छन् ।

शिक्षकहरु आवद्ध विभिन्न संघ/संगठन घटकका प्रतिनिधि र शिक्षकहरु सहित नेपाल शिक्षक महासंघको संघीय महाधिवेशन प्रतिनिधि दिव्यराज अधिकारीको व्याख्यात्मक प्रस्तुति सहित अध्यक्ष मण्डल मार्फत नगर प्रमुख पौडेल र प्रमुख प्रशासकीय अधिकृत प्रकाश गुरुङलाई संयुक्त रुपमा माग पत्र बुझाउँदै सबै प्रकृतिका शिक्षकहरुले नेपाल सरकारले तोकेबमोजिम स्थानीय भत्ता पाउनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ असार २९ को निर्णयअनुसार अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले मिति २०७१ साउन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन कार्यविधिमा स्थानीय भत्ता पाउने स्थानहरूको नाम स्पष्ट उल्लेख गरिएको भएपनी अहिलेसम्म नपाएकोमा शिक्षकहरु नगरपालिकासंग असन्तुष्टि व्यक्त गरेका छन् ।

कार्यान्वयन पुस्तिका ३०८२/०८३ को खण्ड २ को बुँदा नं. २.२ मा समेत स्थानीय भत्ताको विषयमा उल्लेख रहेकोले सोहीअनुसार शिक्षकहरूले स्थानीय भत्ता पाउने जिल्लामा सङ्खुवासभा ‛ग’ वर्गमा राखिएको छ ।

यस हिसाबले धर्मदेवी नगरपालिकाका शिक्षकहरूले सदरमुकामदेखि ६ कोष भन्दा बाहिर ‛ग’ वर्गको स्थानीय भत्ता पाउनुपर्ने विद्यालय कर्मचारी परिषद्को नगर अध्यक्ष गंगाराम पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष राम बहादुर पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष महेश बुढाथोकी र नेपाल शिक्षक संगठनका नगर अध्यक्ष भक्त बहादुर भट्टराईद्वारा संयुक्त रुपमा हस्ताक्षरित पत्रमा उल्लेख रहेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण प्रकृतिका शिक्षक तथा कर्मचारी (स्थायी, साविक उच्च माध्यमिक अनुदान, अस्थायी, राहत, संघिय अनुदान, नगर अनुदान, विद्यालय कर्मचारी, वालविकास, विद्यालय सहयोगी) ले समेत पाउने स्थानीय भत्ता उपलव्ध गराइदिनका लागि समेत पत्रमा उल्लेख रहेका छन् ।

माग पत्र बुझ्दै नगर प्रमुख पौडेलले निर्देशिका अनुसार स्थानीय भत्ता पाउने देखिएकोले यसलाई नगरको तर्फबाट कार्यान्वयनमा लौजाने बताए । उनले भने, ‘निर्देशिका बमोजम पाउनुपर्ने स्थानीय भत्ता उपलब्ध हुन्छ, थप स्पष्टताको लागि शिक्षा तथा मानव श्रोत विकास केन्द्रसंग पनि निर्देशन माग गरेको छु ।’

निजामती कर्मचारीहरूले भने सो भत्ता लागू भएकै मितिदेखि खाईपाई आइरहेका छन् ।-रेडियो नयां अभियान

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।