झापाको बिर्तामोडमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना
झापा । झापाको बिर्तामोड–८ गरामनी बजारमा भर्खरै निर्माण गरिएको स्पीड ब्रेकरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ ।
दुर्घटनामा बाइक चालक झापा हल्दिबारी–२ निवासी अशोक राजवंशी घाइते भएका छन् ।
घाइतेलाई बी एण्ड सी अस्पतालमा उपचारका लागि लगिएको छ। प्रहरी स्रोतका अनुसार उहाँको अवस्था हाल सामान्य रहेको छ।


