पाख्रीबास मञ्चको २१औं स्थापना दिवस पर्यटकीय नगरी भक्तपुरमा सम्पन्न

भक्तपुर, मंसिर ६ । आजभन्दा दुई दशकअघि राजधानी काठमाडौंमा स्थापित पूर्व पाख्रीबास कृषि केन्द्र मञ्च (एक्सप्याक फोरम) को २१औँ स्थापना दिवस भव्य कार्यक्रमका साथ प्रसिद्ध पर्यटकीय नगरी भक्तपुरमा शनिवार सम्पन्न भएको छ । भक्तपुर कमलविनायकको येचु होटेलमा सम्पन्न उक्त कार्यक्रममा मञ्चका करिब तीन दर्जन सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिका शुभकामना मन्तव्यहरूका साथ स्वादिष्ट ‘भ्वाय’ः, मनोरञ्जनात्मक खेल तथा नृत्यहरू आयोजना गरिएको थियो ।

मञ्चकी अध्यक्ष निर्मला लामा मोक्तानको स्वागत मन्तव्यका साथ आरम्भ भएको उक्त दिनभरको कार्यक्रममा विभिन्न खेलका विजयीहरूलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । ब्रह्मध्वज गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. बलराम थापा, रमेशकुमार सिंह, नवीन हाडा, तिलकमान श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको समग्र संयोजन कुलचन्द्र दाहाल, लक्ष्मी उदास कार्की, पुरुषोत्तम खतिवडा, कृतिसुशील जोशी, अञ्जनी जोशी तथा इशु गुरुङले गर्नुभएको थियो । कार्यक्रमका अवसरमा मञ्चले हालै प्रकाशनमा ल्याएको ‘निरन्तर’ विशेष स्मारिकाको दोस्रो अंकसमेत वितरण गरिएको थियो । स्मारिकामा कृषि तथा पशु प्रविधि विकास, सामाजिक विकास, शिक्षा, साहित्य, सूचना तथा सञ्चारजस्ता बहुआयामिक विषयकेन्द्रित करिब साढे दुई दर्जन व्यक्तिका अनुभवप्रधान, संस्मरणात्मक तथा विचारोत्तेजक आलेखहरू समाविष्ट छन् ।

कार्यक्रममा डा. रमेशजंग खड्का, डा. ठाकुरप्रसाद तिवारी, डा. चेतनाथ कणेल, डा. मुकुन्द कट्टेल, पवन आलोक, सरोजा श्रेष्ठ, मीनु श्रेष्ठ हाडा, प्रेमराज न्यौपाने, बुद्धि कुँवर, प्रेम साम्ब्यु, केशव श्रेष्ठ, किशन राई, दुर्जमान तामाङ, नर्वदा राना थापा, चुनु न्यौपाने, उर्मिला श्रेष्ठ, रीता कुँवर, मीना राई, सीता भण्डारी कणेल, सुजिता खतिवडा लगायतका व्यक्तिहरूको क्रियाशील सहभागिता रहेको थियो ।

स्मरणीय छ, धनकुटाको पाख्रीबास गाउँमा बेलायती सहयोगमा परिचालित ‘पाख्रीबास कृषि केन्द्र’ (पीएसी) मा सन् १९७२ देखि १९९८ को जुलाईसम्म कार्यरत कर्मचारी तथा परिवारहरूले विविध सामाजिक सम्बन्ध विस्तारमूलक गतिविधि तथा बहुपक्षीय समाजोपयोगी क्रियाकलापमा संलग्न रहिरहने उद्धेश्यले काठमाडौंमा स्थापित यस संस्थामा हाल करिब ६ दर्जन (परिवार) सदस्य रहेका छन् ।

मञ्चले वार्षिक देउसीभैलो कार्यक्रम, ग्रामीण नारी सशक्तीकरण, पुस्तकालय सहयोग, छात्रवृत्ति सहयोग कार्यक्रम, ज्येष्ठ नागरिक तथा बालकल्याणमा आधारित सहयोगी क्रियाकलापहरू समेत गर्दै आएको छ । कुनै संस्था, परियोजना वा प्रतिष्ठानका पूर्व कर्मचारीको सामाजिक संस्थाको रूपमा ‘अत्यन्त क्रियाशील संस्था’को संज्ञा पाएको मञ्चले विभिन्न राष्ट्रिय प्रकोप तथा विपद्हरूमा समेत सरकार तथा समुदायलाई सहयोग गर्दै आएको र यो कार्य नेपालका धेरै संस्थाका लागि समेत उदाहरणीय रहेको कुरा अन्तर्राष्ट्रिय विकासविद् तथा मञ्चका सदस्य रमेशकुमार सिंहले बताउनुभयो ।

हरेक वर्ष मञ्चले फरक–फरक ठाउँमा विविध कार्यक्रमका साथ मंसिर ८ गते वा अगाडि–पछाडिको शनिवार पारेर स्थापना दिवस (वार्षिकोत्सव) मनाउने गरेको कुरा मञ्चका सदस्य तथा ‘निरन्तर’का सम्पादक डा. चेतनाथ कणेल ‘हरित’ले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।