झापाको अर्जुनधारामा आगलागी

झापा । झापाको अर्जुनधारा–१० कालिझोडामा गएराति भएको भीषण आगलागीले करिब आठ लाख ८७ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।

मछिन्द्र पौडेलको जस्ता र काठले बनेको दुईतले ग्वाली घरमा गए राति करिब ११:४५ बजे अचानक आगो लागेको थियो। आगलागीबाट ग्वाली घर पूर्णरूपमा नष्ट हुनुका साथै घरभित्र भण्डारण गरिएका सामग्रीहरू जलेर नष्ट भएका छन्।

प्राप्त विवरण अनुसार चामल ५० बोरा (१५०० केजी), चोकर १० बोरा (५०० केजी), खुदी १० बोरा (५०० केजी), धान २० मन (८०० केजी), मुडा बुन्ने धागो/डोरी ४० बोरा र करिब ५ कठ्ठा पराल जलेपछि करिब ८ लाख ८७ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीयबासी, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको दमकल परिचालन गरिएको थियो।

सबैको संयुक्त प्रयासमा आगो राति १:१० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।