एमाले महाधिवेशन सचिवालयको बैठक बस्दै, को-को पुगे च्यासल?

काठमाडौं, मंसिर १० । नेकपा (एमाले) को ११ औँ महाधिवेशन सचिवालयको पहिलो बैठक आज बस्दै छ । बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा सुरु हुन लागेको बैठकमा बैठकमा महाधिवेशन तयारीका लागि गठन गरिएको १३ उपसमितिका संयोजकसहित सचिवालयका सदस्यहरु सहभागि हुँदैछन् ।

पार्टी सचिवालयको गत शुक्रबार सम्पन्न बैठकले महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन महासचिव शंकर पोखरेलको संयोजकत्वमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई रहेको महाधिवेशन सचिवालय व्यवस्थापन कमिटी गठन गरेको थियो।

महासचिव पोखरेलका अनुसार महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्राविधिक तयारीको प्रारम्भिक चरण आजको बैठकमार्फत सुरु गरिने छ। आजको बैठकमा सबै समितिको जिम्मेवारीबारे जानकारी दिइने र आ–आफ्ना कार्यतालिका बुझाउन केही समय दिने तयारी रहेको छ। बैठकमा सचिवालयका तीन सदस्यसहित १३ उपसमितिका संयोजकहरू उपस्थित हुँदैछन् ।

ती संयोजकहरू यसप्रकार छन्:

प्रतिनिधि व्यवस्थापन समिति: काशीनाथ अधिकारी

जनपरिचालन: प्रदीप ज्ञवाली

आवास व्यवस्थापन: छविलाल विश्वकर्मा

खाद्य व्यवस्थापन: लेखराज भट्ट

यातायात व्यवस्थापन: गोकर्ण विष्ट

अतिथि सत्कार: रघुवीर महासेठ

स्वयंसेवक परिचालन: भानुभक्त ढकाल

प्रचार: पद्मा अर्याल

मञ्च व्यवस्थापन: विनोद श्रेष्ठ

स्वास्थ्य: कृष्णगोपाल श्रेष्ठ

आर्थिक : विष्णु रिमाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖