रास्वपाले सातै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट हटायो
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाएको छ ।
रास्वपाको कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिम हरि ढकाल इन्चार्जको जिम्मेवारीमा थिए ।
कोशीका इन्चार्ज परियारले पार्टी नै छाडिसकेका छन् ।


