सुनसरीमा जेनजी आन्दोलनका नाममा आगजनी लुटपाट र तोडफोड गर्ने पाँच जना पक्राउ

सुनसरी । सुनसरी जिल्लामा जेनजी आन्दोलनको क्रममा आगजनी लुटपाट र ताेडफाेडमा संलग्न रहेका व्यक्तिकाे नेपाल प्रहरीले पहिचान गरि कानुनी कारवाही प्रकृया थालेको छ ।

जेन–जी आन्दोलनमा सुनसरी जिल्लामा सबैभन्दा धेरै क्षति व्यहोरेको इटहरीमा प्रहरीले प्रविधिमुखी मोडेलमार्फत अपराधमा संलग्नको पहिचानलाई तीव्र बनाएको छ।

सुरक्षा स्राेतका अनुसार सुनसरी जिल्लाका इटहरी इनरूवासहितका स्थानमा डिजिटल डेटा विश्लेषणपछि थप ठूलो संख्यामा गिरफ्तारी हुने तयारी भइरहेको जनाएको छ।

तोडफोड र आगजनीमा संलग्न समूह पहिचान गर्न प्रहरीले सीसीटीभी फुटेज विश्लेषण, डिजिटल लोकेशन ट्रेस तथा ‘सोसल–मिडिया एक्टिभिटी म्यापिङ’ जस्ता आधुनिक विधि प्रयोग गर्न थालेको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुगेपछि ‘डेटा–ड्रिभन’ अनुसन्धानमा जोड दिइएको हो।

बुधबार मात्र पाँच जनालाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा इटहरी–३ का ३२ वर्षे विजय लिम्बू, वडा–६ का ४५ वर्षे मदन खत्री, वडा–५ का ४५ वर्षे दिपेन्द्र कार्की, वडा–९ का ३० वर्षे आबस कार्की र वडा–४ का ३२ वर्षे सनम कार्की रहेका छन्। उनीहरूलाई आपराधिक उपद्रो मुद्दामा थुनामा राखिएको छ।

इटहरीमा प्रहरी र सुरक्षा निकायहरूमा भएको क्षतिपछि प्रहरीले कम्तीमा २० जनालाई शंकास्पद सूचीमा राखी उनीहरूको संलग्नता भिडियो र मोबाइल लोकेशनमार्फत जाँच गरिरहेको छ।

क्षति भएका संरचनामा इटहरी इलाका प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा कार्यालय, पकलीस्थित प्रहरी चौकी, खनार तथा हलगडाका चौकी, साथै अस्थायी प्रहरी कार्यालयहरू छन्। सबै स्थानमा आगजनी तथा तोडफोडको प्रकृति ‘सङ्गठित’ देखिएको प्रहरीको दाबी छ।

यसैगरी विभिन्न राजनीतिक दलका कार्यालय, इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात सेवा कार्यालयदेखि मन्त्री तथा मेयरको घरमा भएको आक्रमण पनि एउटै नेटवर्कले सञ्चालन गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

खासगरी भदौ २३ गते आन्दोलनका क्रममा इटहरी–१४ का ४० वर्षे मोहन सरदार र इटहरीका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भएपछि आन्दोलनले उग्ररुप लिएको थियो ।

प्रहरीका अनुसार तोडफोडमा संलग्न धेरैजसो मानिस स्थानीय नभई बाहिरबाट घुसपैठ गरेर अवसरवादी रूपमा सक्रिय भएका समूह हुनसक्ने संकेत अनुसन्धानबाट भेटिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।