इलाममा सवारी दुर्घटना, दुई जनाको मृत्यु
इलाम । इलाममा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
आज दिउंसो इलाम नगरपालिका ९ भञ्ज्याङ गोलाई स्थित मेचिराजमार्गमा झापाबाट इलाम तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ४१०१ न.को ट्रक र बिपरित दिशा तर्फ जादै गरेको प्रदेश १-०१-०१२ प ४८९९ न.को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार जिल्ला इलाम इलाम न.पा. ९ गोलबस्ती बस्ने अं. वर्ष २६ को डेविट थापा मगरको पेटमा गम्भिर चोट र ऐ. माईजोगमाई गा.पा. १ नयाँबजार घर भई ऐ. ७ चोकबजार बस्ने अं. वर्ष १८ को छेवाङ शेर्पाको टाउको र खुट्टामा गम्भिर चोट लागि दुबै जना गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल इलाममा ल्याएकोमा उपचारको क्रममा ऐ. १५:४५ बजे डाक्टरले दुबै जना घाइतेलाई मृत घोषणा गरेको छ ।
ट्रक चालक जिल्ला इलाम इलाम न.पा. ५ बिब्ल्याटे बस्ने वर्ष २५ को राम प्रसाद श्रेष्ठ जिप्रका इलामको नियन्त्रणमा रहेको छ ।


