बनभोज गएका इलामका दुई शिक्षकको दुर्घटनामा मृत्यु

इलाम । इलाम नगरपालिका–९ भञ्ज्याङको रेशमखेतीदेखि माथिल्लो सडक खण्डमा आज दिउँसो भएको दुर्घटनामा ग्रीनभ्याली स्कुलका दुई शिक्षकको ज्यान गएको छ।

इलामबाट हेडट्याङ्कतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको एनटर्क स्कुटर र झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै शिक्षकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा इलाम नगरपालिका–९ गोलबस्तीका करिब २६ वर्षका डेबिट थापामगर र माईजोगमाई गाउँपालिका–१ नयाँबजार घर भई हाल इलाम–७ चोकबजार बस्दै आएका करिब १८ वर्षका शिक्षक छेवाङ शेर्पा रहेका छन्।

घटनापछि ट्रक चालक इलाम नगरपालिका–५ का रामप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। ग्रीनभ्याली स्कुलका शिक्षक र कर्मचारीहरूको पिकनिक इनपा–९ भञ्ज्याङदेखि केही तल हेडट्याङ्क क्षेत्रमा आयोजना गरिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖