ओखलढुंगामा ढुंगाको चेपमा अड्किएका ब्यक्तिको सकुशल उद्दार
ओखलढुंगा,१३ मंसिर ।ओखलढुंगामा ढुंगाको चेपमा अड्किएका ब्यक्तिको सकुशल उद्दार गरिएको छ ।
आज दिउंसो ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका वडा नं. ०३ तिलबारी बस्ने बर्ष-५५ को राम बहादुर तामाङ सोही स्थानमा रहेको दुम्सी ओडारे स्थित भिरको ढुङ्गाको १०-१५ फिट चेप भित्र दुम्सी खोज्ने क्रममा अडकिएको थियो ।
घटमाको खबर पश्चात जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा मातहत प्रहरी चाकी ताप्केडाँडाबाट खटिएको प्रहरी टोली र स्थानियबासीको सहयोगमा सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


