कोशीको ५ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

विराटनगर । नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि कोशी प्रदेशको ५ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनाेट भएका छन् ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार कोशी प्रदेशको भोजपुर,ताप्लेजुङ, इलाम, पाँचथर र सोलुखुम्बुमा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका हुन् ।तेह्रथुम र खोटाङ जिल्लमा सहमतिमा लागि मतदानको प्रकृया रोकिएको छ । धनकुटामा प्रतिनिधि छनोटका लागि मतदानका क्रममा विवाद भएको उनले बताए ।

अध्यक्ष खतिवडाका अनुसार झापा, मोरङ, सुनसरी,उदयपुर र ओखलढुंगामा मतदान भएको छ । प्रतिनिधि छनोटका लागि मतदान भएका स्थानहरूको मतपेटिका संकलन गरी आजबाटै मतगणना सुरू हुने अध्यक्ष खतिवडाले जानकारी दिए ।उनका अनुसार कोशी प्रदेशबाट २२९ जना महाधिवेशन प्रतिनिधि छानिनेछन् ।

प्रतिनिधि सर्वसम्मत छनोट भएको स्थानमा दुवै पक्षले भागवण्डा गरेका थिए । निर्वाचन भएको स्थानमा केपी शर्मा ओली पक्ष र इश्वर पोखरेल पक्षले समूह बनाएर प्रतिस्पर्धा गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।