कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीका स्वकीय सचिव नै एमालेको महाधिबेशन प्रतिनिधिमा पराजित
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव नै नेकपा एमालेको आगामी महाधिवेशनका लागि प्रतिनिधि चयनमा पराजित भएका छन्।
शनिबार भएको निर्बाचनमा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट युवातर्फ उम्मेदवार भएका मुख्यमन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेल प्रतिनिधिमा पराजित भएका हुन्। सो पदमा पत्रकार समेत रहेका युवराज पौडयाल विजयी भएका हुन्। पौडेलले ९०६ प्राप्त गरे ।
मुख्यमन्त्री कार्कीकै गृहनगर गौरादहका बासिन्दा उनका स्वकीय सचिव कमल पौडेलले भने ४९१ मत मात्र प्राप्त गरी तेस्रो भएका छन्। पौडेलले कार्की कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएको बेलादेखि नै उनको स्वकीय सचिवको रुपमा काम गर्दै आएका छन्।
सो पदमा अर्का प्रतिस्पर्धी सुशील राईले ६१७, डेन्जोङ शेर्पाले २२१ र सुजन खरेलले १७४ मत प्राप्त गरे। मुख्यमन्त्री कार्की नेकपा एमाले अध्यक्ष केपी ओलीका नजिकका विश्वास पात्रको रुपमा चिनिन्छन्। उनले प्रदेश सरकारको कामभन्दा केपी ओलीको प्रशंसा र रक्षामा आफ्नो ध्यान केन्द्रित गरेको भन्दै आलोचना हुने गरेको छ।
कार्की र ओलीकै क्षेत्रबाट स्वकीय सचिव पराजित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको झापा एमालेका कार्यकर्ताको दाबी छ।-बेतना दैनिकबाट


