ताप्लेजुङका आगलागी पीडितलाई शेर्पा सङ्घ ताप्लेजुङद्वारा राहत प्रदान

ताप्लेजुङ, मंसिर १४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ केनेमका आगलागी पीडितलाई नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङले राहत प्रदान गरेको छ । संघले आगलागी पीडितलाई शनिबार राहत सामग्री प्रदान गरेको हो ।

शुक्रबार राति आगलागी हुँदा क्षदारे शेर्पाको घर जलेर नष्ट भएको थियो । आगलागी विद्युत सर्ट भएर लागेको थियो । आगलागी पीडित शेर्पालाई सङ्घले चामल, कपडा, डसना, सिरक, त्रिपाल लगायतका २० हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको सङ्घका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

आगलागीबाट पीडित भएको परिवारलाई सान्त्वना स्वरुप राहत प्रदान गरिएको अध्यक्ष शेर्पाको भनाई छ । आगलागीबाट ७ लाख २० हजार बराबरको क्षति भएको छिमेकी लाक्चुङ शेर्पाको भनाई छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।