उर्लाबारीमा एमालेको ‘घर फर्क अभियान’,विंघटित समाजवादी छाडेर ९१ जना नेता–कार्यकर्ता एकैपटक एमाले प्रवेश

मोरंग । विघटित एकीकृत समाजवादीको ठुलो पंक्ति नेकपा एमालेमा समाहित भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनेपछि उर्लाबारीमा एस पार्टीका अधिकांश नेता कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

यसैबीच आईतबार उर्लाबारी -३ स्थित एमाले पार्टी कार्यालयमा आयोजित ‘घर फर्क अभियान’ अन्तर्गत तत्कालिन एकीकृत समाजवादीका नेता कार्यकता एमालेमा प्रवेश गरेका हुन् ।

समाजवादीका केन्द्रीय परिषद सदस्य शर्शुदेवी गुरुङ, प्रदेश कमिटी सदस्य कृष्ण आचार्य, नरबहादुर बराइली ‘नरेश’, जिल्ला कमिटी उपसचिव एवं उर्लाबारी नगर अध्यक्ष डिबी थापा, जिल्ला कमिटी सदस्यहरु खड्गमानसिं अधिकारी, गोपाल भट्टराई, मच्छिन्द्र कार्की, हेमचन्द्र थापा, क्षेत्रीय कमिटी सदस्यहरु किशोरचन्द्र राई, इन्दिरा राई, नगर उपसचिव देवकुमार पाण्डे, कोषाध्यक्ष कृष्णराज गुरुङ, नगर प्रचार विभाग प्रमुख कमल गौतमलगायत शिवकाजी कठायत, मिथिलेश धिमाल सहित ९१ जना अगुवा कार्यकर्ता प्रवेश गरेको एमाले उर्लाबारीका अध्यक्ष निरोज तिम्सिनाले जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, केन्द्रीय अनुशासन सदस्य लक्ष्मी भण्डारी, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, नेता पर्शुराम बस्नेत, प्रदेश सांसद उमाकान्त गौतम, उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेललगायतले नव प्रवेसीहरुलाई माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरूले मुलुकको अग्रगतिका लागि एमालेबाहेकका दलको विकल्प नरहेको टिप्पणी गरेका थिए । एमाले उर्लाबारी नगर कमिटी सचिव चेतन सिग्देलले कार्यक्रमको संचालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖