ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा एमालेमा प्रवेश गर्नुभएको छ । मङ्गलबार दिउँसो एमाले पार्टी कार्यालय पुग्नुभएका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

लामासँगै मेरिङदेन गाउँपालिका पूर्व प्रवक्ता सूर्य बराइली र अन्य कार्यकर्ता पनि पार्टीमा फर्किनुभएको राष्ट्रिय जनसांस्कृतिक महासङ्घ ताप्लेजुङका अध्यक्ष हेमराज निरौलाले जानकारी दिनुभएको छ । नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुख हुनुभएका लामा एस र माओवादी केन्द्र समेतले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि एमालेमा फर्किनुभएको हो ।

उहाँले विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेको बताउँनुभयो । नेकपा एमाले ताप्लेजुङको घर फर्क राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अनेरास्ववियु, तत्कालीन माले हुँदै यसअघि पनि एमालेमा रहेको र समय परिस्थितिअनुसार जेनजी आन्दोलनपछि राष्ट्रियता, लोकतन्त्र प्रतिको चिन्तन एमालेमा पाएकाले यसैमा फर्किएका हुँ,” कार्यक्रममा उहाँले भन्नुभयो ।

उहाँले आफूले एमालेमा कुनै पद नमागेको दाबी समेत गर्नुभयो । लामा एमाले विभाजनपछि नेकपा एसको जिल्ला अध्यक्षसमेत हुनुभएको थियो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖