उर्लाबारीकी एक किशोरी बेपत्ता
उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नम्बर ३ दुर्गा चौक निवासी संजिव भुजेलकी छोरी परिवारबाट सम्पर्कविहीन भएकी छिन् । १८ वर्षीया सन्जु भुजेल शुक्रबार दिउँसो करिव १ बजेदेखि सम्पर्कविहीन भएकी परिवारले जनाएको छ।
आफ्नै घरबाट ठूलो बुबाको घर जान भनि निस्किएकी उनी हालसम्म समेत घर फर्किएकी छैनन्। उनको परिवारले आफन्त तथा साथीहरुको घरमा समेत खोजतलास गरेतापनि हालसम्म उनको कुनै जानकारी नआएपछि परिवार चिन्तित बनेको छ।
गहुँगोरो वर्ण, पातलो शरीर र करिब ४–५ फिट उचाइकी भुजेल हराउने समयमा बुट्टे कुर्ता, बेगी पेन्ट र पाण्डा जुत्ता लगाएकी थिइन्। परिवारकाअनुसार उनी कहाँ गएको हो भन्ने कुनै जानमारी हालसम्म नपाइएको र सम्पर्कसमेत हुन नसकेको बताएका छन्।
तस्विरमा देखिएकी सन्जु भुजेललाई काहिकतै कसैले देख्नुभएमा वा फेला पार्नुभएमा नजिकैको प्रहरी कार्यालय वा निम्न नम्बरमा खवर गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
बुबा संजिव भुजेल- ९८०४०९१५१९


