सोलुखुम्बुका एकै घरबाट तीनजना शाखा अधिकृत सिफारिस
सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका–३ का वडाअध्यक्ष समेत रहेका दुर्गा बहादुर कुलुङका जेठा छोरा एकराज, बुहारी मनिषा र कान्छा छोरा बालकुमार—एकै परिवारबाट एउटै विज्ञापनमार्फत एकैपटक तीनै जना शाखा अधिकृत पदमा नियुक्तिका लागि सिफारिस भएका छन ।
यसरी एकैपटक एकै परिवारबाट ३ जना उर्तिण हुनु निजामती सेवाको इतिहासमै दुर्लभ, ऐतिहासिक मानिएको छ ।


