टुंगियो एमाले धनकुटाको महाधिवेशन प्रतिनिधि छनौट विवाद : सर्वसम्मत चयन
धनकुटा । नेकपा एमाले धनकुटाको महाधिवेशन प्रतिनिधि छनौट विवाद टुंगिएको छ ।
एमाले धनकुटाले धनकुटाबाट १३ जना सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ ।
निरेन तामाङ, मनोज राई , शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल, खगेन्द्र राई खुल्ला तर्फबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
यस्तै युवा तर्फबाट सरोज राई, दलितबाट नैन रुचाल, महिलाबाट तुलसी राई , सम्झना आले मगर निर्मला इभाङ लिम्बू र गोमा कार्की चयन भएका छन् ।
यसअघिका प्रतिनिधि शान्तिराम गौतम र अर्जुन छाराहाङको ठाउँमा अहिले निरेन तामाङ र मनोज राई चयन भएका छन् ।


