धनकुटामा श्रम संस्कृति पार्टीको बृहत जनप्रदर्शन र पार्टी प्रवेश कार्यक्रम हुने
नारायण कुमार राई/धनकुटा, २२ मंसिर ।हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आउने २५ गते धनकुटामा बृहत जनप्रदर्शन कार्यक्रम गर्ने जानकारी दिएको छ ।
पार्टीका जिल्ला तदर्थ समितीका अध्यक्ष आकाश राईको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ ।
कार्यक्रमलाई पार्टीका सस्थापक अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ ।
धनकुटा बसपार्कबाट शुरु भएको जनप्रदर्शन तल्लो टुडिखेलमा आमसभाको आयोजना हुनेछ ।
कार्यक्रम संगै पार्टी प्रबेशको कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य सानबहादुर राईले जानकारी दिनुभयो ।


