धनकुटाको सांगुरीगढी स्थित खयरवोटेमा पिकअप दुर्घट्ना
हिराराज राई,धनकुटा । धरान उपमहानगरपालिका–११ स्थित मंगलबारे देखि धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तातोपानीतर्फ जाँदै गरेको को १ च ८२१४ नम्बरको पिकअप साँझ करिब ५ बजे साँगुरीगढी–९ को खयरवोटेमा दुर्घटना भएको छ।
सामान झार्नका लागि पिकअप पछाडि सार्ने क्रममा टायर चिप्लेर सडकबाट केही तल सर्दै गएपछि ब्रेक लागेर रोकिएको चालक सागर राईले जानकारी दिए। दुर्घटनापछि स्थानीयवासी र ट्र्याक्टरको सहयोगमा पिकअपलाई सकुशल सडकमा निकालिएको हो।
पिकअपमा सामानसँगै केही यात्रुपनि सवार रहेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको र ठूलो भौतिक क्षति पनि नभएको स्थानीयहरूले बताएका छन्।




