धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२२ मंसिर। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
जिल्लाको मुलघाट, बुढीमोरङ,तेम्बाङ लगायतका क्षेत्रहरुमा भोलि मंसिर २३ गते बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत ३३/११ के.भि.धनकुटा सब स्टेसन अन्तर्गत रहेको त्रिबेणि फिडर अन्तर्गत को ११ के.भि. लाइनमा आवश्यक अर्मत संभार गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा बिद्युत सेवा अवरुद्द हुने नेबिप्रा धनकुटा बितरण केन्द्रले जनाएको छ ।


