धनकुटामा पत्रकारहरूका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

धनकुटा,२६ मङ्सिर । धनकुटामा पत्रकारहरूका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

‘वल्र्ड इन्भेष्टर विक–२०२५’ को अवसरमा अनलाइन सेक्युरिटिज लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमबाट आएका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल पत्रकार महासंघ धनकुटा शाखा र अनलाइन सेक्युरिटिज लिमिटेडको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा अनलाइन सेक्युरिटिज लिमिटेडका सञ्चालक दिनेश शर्मा विडारी र धरान शाखा प्रमुख सुजन निरौलाले शेयर बजार तथा धितोपत्रसम्बन्धी विभिन्न विषयमा सहज र व्यवहारिक तौरले शहजिकरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।