धनकुटाको मुलघाट स्थित तमोर नदीमा हाम फालेर एक पुरुष बेपत्ता

धनकुटा,२६ मंसिर । धनकुटाको मुलघाट स्थित तमोर नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

आज दिउंसो करिब २ बजे जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाट स्थित तमोर नदीमा नाम थर वतन नखुलेको अन्दाजी ५०/६० बर्षिय एक पुरुष हाम फालेर बेपत्ता भएका हुन् ।

निज पुरुषले ढाका टोपी ,कालो स्टकोट, गलबन्दी लगाएको अन्दाजी ५.५ फिट उचाई भएको हेर्दा मंगोलियन जस्तो देखिने पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

स्थानीयहरुले प्रहरीलाई जानकारी गराउन साथ तत्काल नेपाल प्रहरी टोली र सशस्त्र प्रहरी टोली खटि गई खोजतलास कार्य तथा आफन्तको समेत पहिचान गर्ने कार्य भई रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।