धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२६ मंसिर। धनकुटाका केही स्थानमा भोलि(शनिवार) का दिन बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
जिल्लाको चौबिसे गाउंपालिकाको लाप्से,मुढेबास,कुरुले तेनुपा,सुक्रबारे,बुधाबारे लगायत बसपार्क,हुलाक टोल ,चुलिबन,सान्ताङ,मुलघाट, बुढीमोरङ लगायतका क्षेत्रहरुमा बिहान ७ बजेदेखि दिउंसो १२ बजे सम्म बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
भेडेटार रबि राके सडक खन्ड अन्तर्गत मुढेबास र लाप्सेको बिच खन्डमा सडक संरचनाको फाउन्डेसन निर्माण कार्य गर्ने भएको हुदा उक्त कार्य गर्दा नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत ३३/११ के.भि.भेडेटार सब स्टेसन अन्तर्गत रहेको राजारानी फिडर अन्तर्गत को ११ के.भि. लाइनमा समेत असर गर्ने भएको र शटडाउन गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
त्यसैगरि नेबिप्रा धनकुटाको कार्यालय नजिकै रहेको ११ के.भि. लाइनका पोलहरु बदलि गर्नु पर्ने भएकोले बिहान ८ बजे देखि दिनको २ बजे सम्म ३३/११ के. भि. धनकुटा सब स्टेसनबाट सन्चालानमा रहेका निशान फिडर, त्रिबेणि फिडर,कागते फिडर र बेल्हारा फिडर अन्तर्गतका सम्पुर्ण क्षेत्रहरुमा बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ । ।


