धनकुटाको एक होटलबाट लागुऔषध र प्रतिबन्धित औषधि सहित ६ जना पक्राउ
धनकुटा,२९ मंसिर । धनकुटाको एक होटलबाट लागुऔषध र प्रतिबन्धित औषधि सहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका १५ बस्ने बस्ने २० बर्षिय अनिष राई,धरान उमनपा २ का २० बर्षिय युनिशा तामाङ, धनकुटा नगरपालिका ६ बस्ने १९ बर्षिय मौसम खड्गी,१८ बर्षिय सोनाम तामाङ,धनकुटा नपा ९ का १६ बर्षिय नावालक र मोरङको रतुवामाई नपा ६ का १९ बर्षिय संजय मगर रहेका छन् ।
गत मंसिर २६ गते राती धनकुटा नपा ७ बस पार्क स्थित नानुको होटल एण्ड लजबाट लागुऔषध तथा प्रतिवन्धित औषधि सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
निजहरुबाट SPASPAIN १८ पत्ता १८० ट्याप्लेट,TRAMOL-50 २०पत्ता २०० क्याप्सुल,DECOLIC १८ ट्याप्लेट फेला परेको छ ।
पक्राउ परेकाहरुको जिल्ला अदालत धनकुटाबाट लागु औषध मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान रहेको प्रहरीले जनाएको छ ।


