धनकुटाको श्री आधारभूत बिद्यालयका विद्यार्थीलाई रोटरी क्लबद्वारा ट्र्याक सुट वितरण

धनकुटा । चिसो बढे सँगै रोटरी क्लब अफ पशुपति काठमाण्डौले धनकुटा नगरपालिका वडा नम्बर दशमा रहेको श्री आधारभूत विद्यालय उत्तरपानीका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ ।

विद्यालयको ५८ औ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा एक लाख बराबरका ७० थान ट्रयाक सुट वितरण गरिएको हो । क्लबको तर्फबाट राजेश्वर बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भयो ।

त्यस्तै विद्यालयले ५८ औ वार्षिक उत्सवको अवसरमा सहयोग दाता सहित विभिन्न ब्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । बिद्यालयका पूर्व प्र अ कमला दाहाल, शिक्षक भानुभक्त राई, सहयोगदाता राजेश्वर बहादुर श्रेष्ठ, शिक्षक हिमाल दाहाल, गुराँसे टी स्टेट प्राली, रोटरी क्लब अफ पशुपति काठमाडौँ सहित श्रोत कक्षालाई सहयोग गर्ने तिन दर्जन बढी ब्यक्तिन र संस्थालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक विनोद सुबेदीले जानकारी दिनुभयो ।

सो अबसरमा बिद्यालयमा स्थापना गरीएको अक्षकोषवाट छात्राबृत्ती समेत प्रदान नगरीएको छ । २०२४ सालमा स्थापना भएको सो विद्यालयमा श्रोत सहित कक्षा ८ सम्ममा ९६ विद्यार्थी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।