यस्तो छ एमाले पदाधिकारीदेखि केन्द्रीय सदस्य सम्मका उम्मेदवारले पाएको मत (सूची सहित)
काठमाडौँ । नेकपा एमालेको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले बिहीबार उम्मेदवारले पाएको मतपरिणाम सार्वजनिक गरेको हो ।
मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् भने महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलका एक जना निर्वाचित हुँदा सचिवमा पनि ईश्वर पोखरेल प्यानलका एक जना निर्वाचित भएका छन् ।
यसबाहेक पदाधिकारी र केन्द्रीय कमिटीमा ओली पक्षका धेरै उम्मेदवारले विजय हासिल गरेका छन् ।





















