एमाले महाधिवेसन : धनकुटाबाट केन्द्रिय सदस्यमा दुई जना निर्वाचित
धनकुटा,३ पुष । नेकपा एमालेको सम्पन्न ११ औं महाधिवेसनमा धनकुटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका २ जना नै निर्वाचित भएका छन् ।
धनकुटाबाट निवर्तमान केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र कुमार राई र महिला सदस्यमा मनकुमारी तितुङ (तारा) ले उम्मेदवारी दर्ता गराएका थिए ।
आज सम्पन्न मतपरिणाम अनुसार समाबेशी आदिबासी जनजाति खुला तर्फ राईले १ हजार ४ सय २४ मत र समाबेशी आदिबासी जनजाति महिला तर्फ तितुङले १ हजार ६ सय १४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।




