किरात राई यायोक्खा धनकुटाले संग्रहालय सहितको भवन निर्माण गर्दै(भिडियो सहित)
धनकुटा । किरात राई यायोक्खा धनकुटाले संग्रहालय सहितको भवन निर्माण गरिरहेको छ ।
विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन गर्दै यायोक्खाले आफ्नै भवन निर्माण गर्दै गरेको हो । धनकुटा नगरपालिका वडा नं ६ राईकुवा टोल साकेला पार्क नजिकै निर्माणाधिन भवनमा संग्रहालय र पुस्तकालय समेत सञ्चालन गरिने किरात राई यायोक्खा धनकुटाले जनाएको छ ।
गएको वर्ष फागुन महिनाबाट बनाउन थालिएको यो भवन अहिलेसम्म आधा भन्दा धेरै बनिसकेको छ ।तीन तलाको भवन बनाउने योजमा अनुसार अहिलेसम्म अढाई तला बनि सक्दा सत्तरी लाख जत्ति खर्च भएको किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईको भनाई छ । यो भवन पूरा गर्न करिब डेड करोडसम्म लाग्ने अनुमान छ ।
भवन निर्माणका लागि अहिलेसम्म सब भन्दा बढी जनजाति प्रतिष्ठानले २० लाख सहयोग गरेको उहाँले बताउनु भयो । त्यसैगरि किरात राई यायोक्खा नेपाल,विभिन्न विद्यालय, केही वडा र पालिका सहित नेपाल, अमेरिका, वेलायतमा बसोबास गरिरहेका नेपालीहरुले आर्थिक सहयोग गरेको उहाले बताउनु भयो ।
अध्यक्ष राईका अनुसार यो भवनमा सञ्चालन गरिने संग्रहालयमा किरातीहरुको पूर्खाले उपायोग गरेका ऐतिहासिक सामाग्रीहरु संग्रहित गरिने छ । त्यस्तै पुस्तकालयमा किरातीहरुको ईतिहास,संस्कार,संस्कृति,लिपी भाषा लगायतको वारेमा जानकारी दिने खालका पुस्तकहरु राखिने छ ।


