धनकुटाको मूलघाट स्थित तमोर नदीमा अण्डरपास निर्माण गरिंदै
धनकुटा । संखुसभामा निर्माणधीन अरुण तेस्रो जलविद्युतको भारवहन समान लैजान धनकुटा मूलघाट स्थित तमोर नदीमा अण्डरपास निर्माण गरिदैछ ।
पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै रहेकोमा निर्माणधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइनलगायतका भारी उपकरणसहित १ सय ४० टनसम्म सामाग्री पुलबाट लैजान जोखिम भएपछि अण्डरपास निर्माण थालिएको हो ।


