धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,७ पुष। धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
जिल्लाको सिजाली गाउँ,ओकमालुङ,ओख्रेसान्ने,भिरगाउँ,किन्ताङ,र हात्तिखर्क लगायतका स्थानहरुमा बिहान ९ बजेदेखि दिउंसो ४ बजे सम्म बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत ३३/११ के.भि.धनकुटा सब स्टेसन अन्तर्गत रहेको ११ के .भि.जितपुर फिडर अन्तर्गत धनकुटा नगरपालिका २ गुराँसे मा ११ के.भि. लाइन मर्मत संभार कार्य गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।


