बक्सिङ संघ धनकुटाद्वारा २ बिरामीलाई आर्थिक सहयोग

नारायण कुमार राई/धनकुटा,७ पुस । बक्सिङ संघ धनकुटाले जिल्लाका मृगौला रोग पिंडित र ब्लड क्यानसरको बिरामीलाई आर्थिक हयोग गरेको छ ।

संघले आज पत्रकार सम्मेलन गरेर मृगौला रोग पिंडित धनकुटा नगरपालिका वडा नं.८ का चौतिसलाल आठपहरिया राई र चौबिसे गाउँपालिका वडा नं. ७ का ब्लड क्यान्सर पिंडित जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो ।

आठपहरियालाई नगद रु १ लाख १८ हजार ४ सय ७० र चेम्जोङलाई नगद ३० हजार सहयोग गरेको हो । पिंडितहरुलाई संघका काय्र्रवाहक अध्यक्ष हेमचन्द्र राई ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास लगाएतले रकम हस्तान्तरण गर्नुभएको थियो ।

संघले मंसिर २५ देखि पुस ५ सम्म धनकुटाको बसपार्कमा आयोजित कल्चरल म्युजिक तथा साँस्कृतिक कार्यक्रम गरेर उक्त रकम संकलन गरेको हो ।

कार्यक्रमको आम्दनी मार्फत् संघले धनकुटाको श्रीपञ्चमी पार्कमा रहेका अनाथ बालबालिकाहरुलाई २२ हजार सहयोग , बसपार्कमा ४५ हजार बराबरको सिसि क्यामेरा जडान र १८ हजार बराबरको खेल सामाग्री बितरण गरेको संंघका सचिव रोसन राईले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन मार्फत् संघले मेला ब्यबस्थानमा सहयोग गरी आर्थिक संकलनमा सहयोग पु¥याएका ब्यबस्थापक अनुप राई र सह ब्यबस्थापक करन राई र सुमन पाँचकोटीलाई धन्यवाद ज्ञापन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।