धनकुटाको जिरोप्वाइन्टमा पल्टियो मालवाहक ट्रक
धनकुटा,८ पुष । धनकुटामा मालवाहक ट्रक पल्टिंदा दुर्घटना भएको छ ।
आज बिहान धनकुटा नगरपालिका ७ जिरोप्वाइन्टमा ना ७ ख ११६१ नम्बरको मालवाहक ट्रक अनियन्त्रित भइ १० मिटर तल पल्टिंदा दुर्घटना भएको हो ।
उक्त ट्रक धरानबाट चामल र भुस लिएर हिलेतर्फ जाँदै गरेको जनाइएको छ ।
घटनाबारे बिस्तृत विवरण आउन बांकी रहेको छ ।


