कोशी प्रदेश प्रहरी प्रमुखद्वारा धनकुटाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

धनकुटा,८ पुस । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख घिमिरेले समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरी र नागरिक हातेमालो गरी आपसी भाईचाराको भावनाका साथ अगाडी बढ्नु पर्ने बताउनुभयो । उहावे धनकुटा जिल्लाको ग्रामिण बस्तिहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संचालन भएको सचेतनामुलक कार्यक्रमहरुमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भयो ।

वहाँले धनकुटा जिल्लामा प्राकृतिक रुपमा उम्रिएका तथा लगाईएका लागू औषध गाँजाको बोटहरु फडानी गरी नष्ट गर्नेमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु हुदै अवैध गाँजा खेतीलाई निरुत्साहित बनाउन समेत उपस्थित सम्पुर्णमा अनुरोध गर्नु भयो । कार्यक्रममा वहाँले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय व्यवसायी, शिक्षक, नागरिक समाज, संचारकर्मी, पुर्व प्रहरी कर्मचारीहरु लगायतकाको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।