धनकुटाको पाख्रीवासमा लचिलो सोलार प्यानलबाट पानी तान्ने प्रविधिको नमूना परिक्षण

धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ८ मुगामा लचिलाे साेलार प्यानलबाट पानी तान्ने प्रविधिकाे नमूना परिक्षण गरिएकाे छ ।

कृषि विज्ञ जीवन कुमार राईकाे पहल तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार ललितपुरकाे सहयाेगमा यहाँकाे हाेङ्गुवा खाेलामा लचिलाे साेलार प्यानलबाट पानी तान्ने प्रविधिकाे नमूना परिक्षण गरिएकाे हाे ।

लचिलाे साेलार प्यानलबाट पानी तान्न यहाका कृषकहरुलाई देखाईएकाे/सिकाईएकाे थियाे । याे प्रविधि मार्फत सहज तरिकाले खाेला, कुवा, अथवा नजिकका पानीकाे मसहानबाट पानी तानेर कृषि सिंचाई तथा खान उपयाेग गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्राध्यापक डा. दिलिप सुब्बाले जानकारी गराउनु भयाे । उहाँले पहाडी भुगाेलमा याे प्रविधिकाे आवश्यक हुने भएकाेले आफुहरुले कृषकहरुलाई पानी तान्न देखाएर सिकाईएकाे बताउनु भयाे ।

याे प्रविधिकाे प्राविधिक विषयमा संस्थाका प्राविधिक अधिकृत दिनबन्धु पराजुलीले जानकारी गराउनु भएकाे थियाे । उहाका अनुसार याे प्रविधि मार्फत पम्प र साेलार प्यानलकाे क्षामता अनुसार उचाई र दूरीमा पानी तान्न सकिने छ । सामान्य पम्प र साेलार प्यानलबाट ७० मिटरसम्मकाे उचाईमा पानी तान्न सकिन्छ । याे प्रविधिकाे नमूना परिक्षणकाे क्रममा कृषकहरुसँग अन्तरक्रिया समेत गरिएकाे थियाे । पाख्रिवास नगरपालिकाका पूर्व मेयर तथा स्व. भक्तशेर देवान स्मृती पुस्तकालयका उपाध्यक्ष वृष वहादुर राईकाे अध्यक्षता तथा नाष्टका प्राध्यापक डा. सुब्बाकाे प्रमुख आतिथ्यमा भएकाे अन्तरक्रियामा पूर्व मेयर राईले पुस्तकालयकाे प्रयासमा पहिले देखिनै याे कार्यक्रमकाे लागि प्रयास गरेकाे बताउनु भयाे ।

अन्तरक्रियामा कृषि विज्ञ राईले धनकुटा जिल्लाकाे केरा खेती, चिया खेती,कालाे बंगुर सुकुटी, सेकुवा जस्ता व्यवसायलाई नाष्टका कार्यक्रमसँग कसरी जाेड्न सकिन्छ भन्ने विषयमा आफ्नाे भनाई राख्नु भएकाे थियाे । अन्तरक्रियामा पाख्रीवास ७ का वडाध्यक्ष देवेन्द्र तामाङ,८ नं का पूर्व वडाध्यक्ष सिताराम राई लगायत स्थानिय कृषकहरुकाे उपस्थिती थियाे । कृषकहरुले याे प्रविधि आफुहरुका लागि उपयाेगि लागेकाे बताउदै साना,कम जग्गा भएका कृषकहरुका लागि यस्ता कार्उक्रमले समेट्नु पर्ने सुझाव दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।