धनकुटाको श्री आधारभूत विद्यालय पारिपात्लेका बिद्यार्थीलाई रोटरी क्लब अफ पशुपतीद्वारा ७० थान न्यानो कपडा वितरण

धनकुटा । रोटरी क्लब अफ पशुपती काठमाण्डौले धनकुटा नगरपालिका–१० मा अवस्थित श्री आधारभूत विद्यालय पारिपात्लेका बिद्यार्थीलाई जाडोमा लगाउने ट्रयाक सुट बितरण गरेको छ । मंगवार एक कार्यक्रम आयोजना गरी क्लबले बिद्यार्थीलाई ७० थान ट्रयाक सुट बितरण गरीएको हो ।

क्लवका अध्यक्ष गणेश सुबेदीको सिफारीसमा सो बिद्यालयका बिद्यार्थीलाई बिद्यार्थीले ट्रयाक सुट दिने निर्णय गरीएको क्लवले जनाएको छ । बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्न पाउदा निक्कै खुसीलागेको बताउदै अध्यक्ष सुवेदीले आगामी वर्षसमेत सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै बालबालिकाको शैक्षिक उन्नतिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

बिद्यालयलाई गत हप्ता आयोजान गरीएको ५८ औ बार्षिक उत्सवकै दिन कपडा प्राप्त भएको थियो सोहि न्यानो कपडा मंगलबार बितरण गरीएको हो । विद्यालयमा साधारणदेखि बालविकास कक्षा र समावेशी शिक्षा अन्तर्गत बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत रहेको बिद्यालयका प्रधानाध्याकप बिनोद सुबेदीले जानकारी दिनुभयो ।

विद्यालयका अनुसार वार्षिकोत्सव अवसरमा सहयोगी दाता रोटरी क्लब अफ पुतली कमलाडी, काठमाडौंलाई सम्मान गरिएको थियो । न्यानो कपडा बितरण कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. १० का वडाध्यक्ष नगेन्द्र पाण्डे, वडा सदस्य सुरेश कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कार्की तथा अन्य सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।