नेपाली कम्युनिष्ट पार्टी धनकुटाको एकता सन्देश सभा कार्यक्रम पुस १३ गते हुने, भीम रावलले सम्बोधन गर्ने
धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीले पुष १३ गते धनकुटा सदरमुकाममा एकता सन्देश सहितको कार्यक्रम गर्ने जानकारी दिएको छ । सो एकता सभालाई नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सम्बोधन गर्ने बताइएको छ ।
सोही अभियान अन्तर्गत धनकुटा जिल्लामा पनि जिल्ला स्तरीय संगठनात्मक संरचना तयार गर्दै पुस १३ गते धनकुटा सदरमुकाममा जुलुस, प्रदर्शन तथा सम्बोधन सहित कार्यक्रम आयोजना गरिने नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य धर्मराज पौडेलले जानकारी दिनुभयो ।
उहाले पुस १३ गते धनकुटामा जिल्ला एकता सभा सम्पन्न गरेपछि धनकुटा जिल्लाका सातै स्थानीय तहमा समेत एकता सन्देश कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।


