धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,११ पुष। धनकुटाका केही स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
महालक्ष्मी नगरपालिकाको अर्खौले, जितपुर बजार,याङ्पाङ, ढोडे,आन्द्रुङ,हलेदे र बैकुन्ठे लगायतका स्थानहरुमा भोलि बिहान ९ बजेदेखि सांझ ५ बजे सम्म बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
११ के .भि.जितपुर फिडर अन्तर्गत महालक्ष्मी नपा ७ जितपुर बजारमा आवश्यक लाइन, मर्मत संभार कार्य गर्नुपर्ने भएकोले उक्त स्थानहरुमा सेवा अवरुद्द हुने नेबिप्रा धनकुटाले जनाएको छ ।


