धनकुटाबाट प्रतिबन्धित औषधी सहित पांच जना पक्राउ
धनकुटा , १२ पुस । धनकुटाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका ७ का बिजय मल्लिक, रविन मल्लिक, धनकुटा-६ का प्रकाश रोक्का र झापाको मेचीनगर – ९ का अतिप लिम्वु रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामोल-१५३ पिस र स्पासपेन-१६३ पिस सहित धनकुटा ७ बाट पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यसैगरि छथरजोरपाटी गाउंपालिका ३ स्थितबाट स्थानिय अर्बिन भट्टराईको साथबाट प्रतिबन्धित औषधी ट्रामोल-८० पिस र स्पासपेन-१०४ पिस सहित नियन्त्रणमा लिइएको छ ।
प्रतिबन्धीत औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


