धनकुटा नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भोलि शोक बिदा
धनकुटा,१२ पुष । धनकुटा नगरपालिकाले पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भोलि शोक बिदा दिएको छ ।
धनकुटा नपा १ मा अवस्थित श्री हिले माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा माध्यमिक तह द्वितिय श्रेणीमा कार्यरत शिक्षक खगेन्द्र प्रसाद आचार्यको निधनमा भोलि आइतबार बिद्यालयहरुलाई शोक बिदा दिइएको हो ।
आचार्यको आज निधन भएको हो ।
नपाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ,पूर्व प्रअ आचार्यको निधनको खवरले नगरपालिका परिवार स्तब्ध भएको छ । यस दुःखद घडिमा दिवङ्गत आत्माको चीर शान्तिको कामना सहित परिवारजनमा धैर्यधारणको कामना गर्दै भोलि बिद्यालयहरुमा शोक विदा दिइएको व्यहोरा आदेश अनुसार अनुरोध छ ।



